काभ्रेको बनेपाबाट ६९ वटा मोटरसाइकल चोरी 

कुन महिनामा कति चोरी भए ?



काभ्रे। 

इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले मंगलबार बिहान दुई युवा पक्राउ ग¥यो । पनौती नगरपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय  पनिस भुजेल र २० वर्षीय रुविन भुजेलले दुईवटा मोटरसाइकल चोरी गरेका थिए । गाउँकै मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा स्थानीयहरुले देखेका कारण छाडेर भागेका ती युवाहरु सिसी क्यामेराका आधारमा पक्राउ परेका थिए ।

२०८१ जेठ ७ गते राति ११ बजे पनौती नगरपालिका वडा नम्बर ४ सल्ले स्थित कुमार तामाङको नाममा रहेको बा ६५ प ३१८ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र सुजन भुजेलको नाममा रहेको बा ७४ प ५६६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरेका थिए । पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारीबाट मोटरसाईकलसहित नियन्त्रणमा लिएको थियो । राजधानी उपत्यकासँगै काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक नगर बनेपाबाट अत्यधिक मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेका छन् । श्रृंखंलाबद्ध चोरी हुन थाले पनि प्रहरीले गिरोह पत्ता लगाउन सकेको छैन । फाट्टफुट्ट फेला पर्ने चोर तथा गिरोहका सदस्यहरुको मुख्य जरोसम्म पुग्न नसकेको प्रहरीका सामु मोटरसाइकल चोरी नियन्त्रण चुनौती बन्दै गएको छ । इलाका प्रहरी कार्यालय बनेपाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०८० भदौ देखि २०८१ जेठ ८ गतेसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ वटा मोटरसाइकल तथा स्कुटर हराएका छन् । जसमध्ये १६ वटा फेला परेका छन् । जेठ महिनामा पनि धमाधम मोटरसाइकल चोरी हुने, चोरसहित बरामद हुने क्रम बढेको छ ।

२०८१ जेठ २ गते बिहानको ३ बजे गस्तीमा खटिएको प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर १ घर भएका ३६ वर्षीय  गर्जन दियालीलाई धनेश्वरबाट वा ४६ प ३३६ नम्बरको १५० सिसीको पल्सर मोटरसाईल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पनौती सडकबाटै पक्राउ ग¥यो । दियालीले चोरी गरेको मोटरसाइकल बनेपा ७ स्थित बनेपा–पनौती सडक खण्डमा विना हेल्मेट डो¥याउँदै गर्दा शका लागेर प्रहरीले सोधपुक्ष गरेको थियो । शंकास्पद अवस्थाका दियाली बाइक छोडेर भाग्न खोजेका थिए । गस्तीमा रहेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिँदै हेल्मेट र कागजपत्रका बारेमा सोधखोज गर्दा गर्दै उनी  भाग्न खोजेका थिए । प्रहरीले चोरी गरेर ल्याएको बाइक हुन सक्ने आशंकाका भरमा उनलाई थप केरकार गरे पछि उनी पक्राउ परे । उनले गिरोहका बारेमा अझै खुलाएका छैनन् । प्रहरीले जिल्ला अदालत काभ्रेपलान्चोकबाट म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

२०८१ वैशाख ३० गते रातिको समयमा बनेपा बसपार्कबाट विना हेल्मेट मोटरसाइकल चलाएर आउँदै गरेका काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय होईसेर थिङ तामाङ र सोही गाउँपालिका वडा नम्बर ७ का २४ वर्षीय बुद्ध मोक्तान र २२ वर्षीय अनिल स्याङतानलाई पक्राउ ग¥यो । सादा पोसाकमा गस्ती गरिरहेको प्रहरी टोलीले शंकाका आधारमा उनीहरूले चलाई ल्याएको बागमती प्रदेश ०२–०१७ प ११०२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएका थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित मंगोलियन लञ्ज बारको पार्किङ स्थलबाट चोरी लगेको उक्त मोटरसाइकल बिना हेल्मेट चलाई रहेको अवस्थामा थियो । चाबी नभएको र तार चुडाई चाबिको ज्याकमा जोडीएको अबस्थामा फेला परेको उक्त मोटरसाइकल तथा चालक समेतलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरेको थियो । पक्राउ परेका सवारी चालकले आफू लगायत अन्य दुई जना पनि संलग्न रहेको बयान दिए लगत्तै प्रहरीले थप दुई जनालाई समेत पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका तीनै जनालाई २०८१ जेठ १ गते देखि जिल्ला अदालत काभ्रेपलान्चोकबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

यस अघि प्रहरीले मोटरसाइकल ग्यारेज सञ्चालक, कवाडी पसल तथा मोटरसाइकल पार्टपुर्जा विक्री गर्ने पसलका ब्यवसायीहरुलाई समेत आवश्यक सोधपुक्ष गरेको थियो । मोटरसाइकल चोरी गर्ने गिरोहले सिधै मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने, पार्टपुर्जाहरु अलग अलग पारी विक्री गर्ने तथा ग्रामीण भेगमा पठाउने गरिएको खुलासा भए पनि प्रहरीले हालसम्म गिरोह पत्ता लगाउन र चोरी नियन्त्रण गर्न सकिरहेको छैन । इलाका प्रहरी कार्यालय बनेपा मात्रै होइन जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरु पनि चोरी नियन्त्रण गर्न असफल जस्तै देखिएका छन् । बनेपा नगरपालिका ६ रातमाटाबाट २०८० चैत्र १५ गते धुलिखेल नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईको बागमती प्रदेश ०२–०३ प १८५६ नम्बरको मोटरसाइकल घर भित्र पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो । पटक पटक उनले प्रहरी कार्यालयमा चोरी पत्ता लगाउन र मोटरसाइकल खोजिदिन अनुरोध गरे । प्रहरीले खोजिरहेको छु भन्ने बाहेक अरू जवाफ दिन सकिरहेको छैन । मोटरसाइकल पनि फेला परेको छैन । मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरु पनि फेला परेका छैनन् ।

प्रहरीले भोगिरहेको मुख्य चुनौती नै त्यही छ । जिल्लाबाट हराएका वा अन्यत्रबाट हराएका मोटरसाइकल तथा स्कुटर चोरी गर्ने अलग अलग व्यक्ति छन् कि ? गिरोह नै छ ? गिरोह छैन भने किन पक्राउ परेका ब्यक्तिहरु जुन मोटरसाइकल सहित पक्राउ परेका छन् अरुका बारेमा खुलाउन चाँहदैनन वा गिरोहका बारेमा भन्न चाँहदैनन वा प्रहरीले गिरोहसम्म पुग्ने गरी अनुसन्धान गर्न सक्दैन ? एकै रात वा दिउसै पनि विभिन्न स्थानबाट ४ वटा समेत मोटरसाइकल चोरी हुने गरेका छन् । चोरी भएका सवारी साधन तत्काल कसरी अन्य स्थानमा सही सलामत पु¥याईन्छन् ? २०८१ वैशाख १ गते राति ४ वटा मोटरसाइकल चोरी भएका छन् । बनेपा नपा ५ जलेश्वरमा मन्दर लामाको मोटरसाइकल साँझ ६.३० बजे चोरी भयो भने बनेपा १३ शिव मन्दिर नजिकैबाट साँझ ७.१५ बजे विष्णु तामाङको मोटरसाइकल चोरी भयो । सोही राति ८ बजे बनेपा नपा ७ गोदामचोकबाट बोलप्रसाद सापकोटाको मोटरसाइकल चोरी भयो । बनेपा ६ बुडोलबाट कुमार मैनालीको मोटरसाइकल सोही राति चोरी भयो । चोरले लगेको मोटरसाईकलमा आगलागी भए पछि त्यही छाडेर भाग्यो । तर पनि त्यो समुह पत्ता लाग्न सकेन । एकै दिन फरक फरक समयमा चोरी भएका मोटरसाइकल एउटा व्यक्तिले लैजान सक्ने सम्भावना नभएको अनुसन्धानमा संलग्नहरुले बताएका छन् । गिरोहले समय र स्थानको लोकेसन समेत मिलाएर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । अनुसन्धान निरन्तर गरिरहे पनि गिरोहसम्म पुग्न नसकिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

२०८० भदौमा १० वटा सवारी साधन चोरी भएका छन् । जसमा एउटा फेला परेको थियो । असोज महिनामा १० वटा मोटरसाइकल चोरी भए । उक्त महिनामा ४ वटा मोटरसाइकल फेला परे । कार्तिक महिनामा ५ वटा चोरी भए । ३ वटा फेला परे । मसिंर महिनामा ४ वटा हराए । २ वटा फेला परे । पुस महिनामा ८ वटा हराए । एउटा फेला प¥यो । माघ महिनामा २ वटा हराए । फागुन महिनामा ८ वटा हराए । एउटा फेला प¥यो । चैत्र महिनामा ५ वटा हराए ।

२०८१ वैशाख महिनामा १२ वटा मोटरसाइकल हराए । जेठ महिनाको ५ गतेसम्म ३ वटा हराए । दुईवटा फेला परे । २०८१ वैशाख २२ गते राति बनेपाबाट चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चित्रप्रसाद चौलागाईले चढ्ने गरेको मोटरसाइकल पनि चोरी भयो । उक्त मोटरसाइकल पनि अझै फेला परेको छैन । प्रहरीलाई टाउको दुखाई बन्दै गएको मोटरसाइकल चोरी नियन्त्रण कसरी हुन सक्छ ? डिएसपी सुवेदी भन्छन–‘अनुसन्धान जारी छ । नियन्त्रण गर्ने प्रयत्नमा छौं ।’
इलाका प्रहरी कार्यालय जस्तै जिल्ला प्रहरी कार्यालय मातहतका क्षेत्र अर्थात् जिल्लाका विभिन्न भागबाट मोटरसाइकल हराउने क्रम तिब्र बनिरहेको छ । प्रहरीले हराएका सवारी साधनको सूची संकलन गर्ने तर भेट्टाउन नसकेको पीडित मणिराज गुरागाईले बताए । उनले प्रहरीलाई सूचना गरेको ६ महिना भईसकेको छ । साथीभाइ, सामाजिक सञ्जाल तथा सम्भावित सबै स्थानमा खबर गरेको भए पनि उनको मोटरसाइकल अझै फेला पर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्