विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत (तस्बिरहरु)

168
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथौपटक विश्वासको मत प्राप्त गरेका छन् । गत वैशाख २१ गते जनता समाजवादी पार्टी विभाजित भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएका हुन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी भएको सभामुख घिमिरेले जानकारी गराए ।

तस्बिर : अनिल आङ्देम्बे