पुष्करलाल श्रेष्ठको भोगाइमा ‘कलम’



काठमाडौँ।

नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठको भोगाइमा ‘कलम’ नामक पुस्तक विदेशका नौवटा  शहरबाट एकैसाथ सार्वजनिक भएको छ।

अमेरिकाको सनफ्रान्सिस्को, क्यालिफोर्निया, अक्टिन, टेक्सास, बेलायतको राजधानी लण्डन, अष्ट्रेलियाको सिड्नी, अष्ट्रियाको राजधानी भियना, चीनको नानजिन र भारतको राजधानी नयाँ दिल्लीमा उक्त पुस्तक आज  एकैसाथ सार्वजनिक  गरिएको हो।

सार्वजनिक भएसँगै उक्त पुस्तक विश्वभरबाट एकसाथ वितरणमा आएको नेपालकै पहिलो पुस्तक बन्ने इतिहास रच्न पनि सफल भएको छ ।

उक्त पुस्तकमा पत्रकार र प्रकाशक हुँदाका थुप्रै कठिन तर रोमाञ्चक अनुभव र अनुभूति  समेटिएका छन् ।

पत्रकारिताका थुप्रै अदृश्य उकाली–ओराली र चुनौती समेटिएको यो पुस्तक पत्रकारितासम्बद्ध, त्यसमा रुचि राख्ने र आम पाठकलाई पनि उपयोगी र रोमाञ्चक हुनसक्छ । विवाद, संघर्ष, समर्पण र रोमाञ्चकताले भरिएको पत्रकारिता सबैका लागि प्रेरणादायी त हुन्छ नै, त्यसमा पनि झन्डै ४ सय पृष्ठको ३६ खण्डमा विभक्त अशोक सिलवालको ‘कलम’ जीवनपरक कृति पनि हो ।

भारतको नयाँ दिल्लीस्थित एड्रोइट पब्लिसर्सद्वारा प्रकाशित उक्त पुस्तक पत्रकारिताका विद्यार्थी र गुरु दुवैका लागि उत्तिकै पठनीय र संग्रहणीय हुने विश्वास लिइएको छ। ।

प्रतिक्रिया दिनुहोस्