बुद्ध जयन्तीको अवसरमा ललितपुरमा हुने कार्यक्रम सार्वजनिक 



ललितपुर।

२५६८ औँ बुद्ध जयन्ती समारोहको अवसरमा ललितपुरमा हुने विविध कार्यक्रम सार्वजनिक गरिएको छ।
२५६८ औँ बुद्ध जयन्ती समारोह समिति र ललितपुर महानगरपालिका– ११ को संयुक्त आयोजना विविध कार्यक्रम हुन लागेको हो । २५६८ औँ बुद्ध जयन्ती समारोह समिति र ललितपुर महानगरपालिका– ११ को संयुक्त आयोजना विविध कार्यक्रम तय गरिएको हो।२६४८ औँ सिद्धार्थको जन्म,२६१३ को बुद्धत्व लाभ तथा २५६८ औँ महापरिनिर्वाणको त्रिसंयोग जुरेको दिनको अवसरमा सो कार्यक्रम तय गरिएको थियो।

२६४८ औँ सिद्धार्थको जन्म, २६ आगामी जेठ ११ गते शुक्रवार हुने बुद्ध जयन्तीको अवसरमा वैशाख २९ गतेदेखि ललितपुरको इखाछेंमा विविध कार्यक्रम गरी मनाउन लागिएको समारोह समितिका अध्यक्ष यज्ञमान शाक्यले पत्रकार भेटघाटमा जानकारी दिए।

अध्यक्ष शाक्यका अनुसार वैशाख २९ गते साईकल ¥याली, वैशाख ३० गते अस्थायी श्रामणेर तथा अनागारिका प्रबज्या हुने छ । त्यसैगरी जेष्ठ ४ गते नामसंगीति पाठ, सांस्कृतिक बाजागाजासहित प्रभात फेरी, ज्ञानमाला भजन तथा प्रवचन हुनेछ।जेठ ५ गते बृहत् रक्तदान तथा स्वास्थ्य शिविर, बुद्ध धर्म सम्बन्धी पुस्तक प्रदर्शनी, बुद्ध जीवनमा आधारित चित्रकला,जेठ ६ गते नायखिं बाजा प्रस्तुती, बाँसुरी बाजा प्रस्तुती, जेठ ७ गते हस्तकला प्रदर्शनी, प्रज्ञापारमिता पाठ, जेठ ८ गते तारा पूजा,दीपावली, जेठ ९ गते दिपयात्रा र १० गते बृहत् बौद्ध सभा गरिने छ। बुद्ध जयन्तीको दिन बाजागाजाका साथ बुद्ध मूर्ति परिक्रमा गराइने छ ।

यस कार्यका लागि ललितपुर महानगरपालिकाले १० लाख र महानगरपालिका ११ वडाले १० लाख रुपैयाँ प्रदान गरेको वडाअध्यक्ष अरोजकुमार खड्गीले बताए।वडा सहआयोजकको हैसियतले आर्थिक सहयोग गर्ने लगायत अन्य सहयोग गर्दै आएको पनि वडाअध्यक्ष खड्गीको भनाई रहेको छ । टोल सुधार समिति इखाछेंका अध्यक्ष सुशील श्रेष्ठका अनुसार बुद्ध जयन्तीका लागि ९० लाख रुपैयाँको अनुमानित बजेट राखिएको बताए।

प्रतिक्रिया दिनुहोस्