वैदेशिक रोजगारमा पटाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई  विदेश पटाइदिन्छु भनी ठगी गरेको अभियोग प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा  मकवानपुर थाहा न.पा. वडा नं. २ घर भई हाल काठमाडौँ  टोखा न.पा. वडा नं. १० बस्ने  ३१ वर्षीय असीम नगरकोटी रहेका छन्। उनले  बेरोजगार युवायुवतिहरुलाई  विभिन्न देश पटाइदिन्छु भन्दै  प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएका थिए।

पीडितको जाहेरीका आधारमा  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई  बिहीबार  काठमाडौँ ठमेलबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्