घरमा कोही नभएको मौका पारी चोरी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ।

घरमा कोही नभएको मौका पारी चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ शंखरापुर न.पा.
वडा न १२ का ४० वर्षीय विनोद थापा मगर रहेका छन्।

घरमा कोही नभएको मौका पारी गत  चैत्र ३  गते बिहानको समयमा का.जि.कागेश्वरी मनोहरा न.पा. ७ हरहरमहादेव स्थित रुपक बस्नेतको घरबाट मोबाइल , ल्यापटप लगायतको धनमाल तथा यही वैशाख २४ गते  बिहान ०८:३० बजे का.जि.गोकर्णेश्वर न.पा. वडा न ५ बस्ने सृष्टी लामा समेतका घरमा कोही नभएको मौका पारी विभिन्न मोबाइल ल्यापटप ,आई प्याड लगायतका धनमाल चोरी भएको  घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले उनलाई आइतबार  काठमाडौँ शंखरापुर बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई  थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट ल्यापटप १ थान ,आई प्याड १ थान, मोबाइल १० थान  बरामद गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्