कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल सञ्चालन



कञ्चनपुर। 

सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा  स्कुल विस्तार गर्ने योजना अनुसार  कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो  स्कुल  सञ्चालन ल्याएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको वैशाख २४ गते उद्घाटन गरेका हुन्  । शैक्षिकसत्र २०८१ देखि सञ्चालन ल्याईएको नेपाल एपीएफ स्कुल झलारिमा हाल कक्षा ४ र ५ मा पठनपाठन सुरु गरिएको छ ।

सर्वसुलभ र गुणस्तरी शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थपना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततिहरू गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवासीय सुविधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर सञ्चालन ल्याएको थियो । त्यसैगरी दोश्रो  २०७७ बैसाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेस्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी  सञ्चालन ल्याइएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।  हाल सबै प्रदेशमा  सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्