माईजोगमाई गाउँपालिका फुटबल हुँदै



इलाम।

आउँदो बैशाख २५ गतेबाट दोस्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित फूटबल प्रतियोगिता हुन लागेको छ । पालिकाको केन्द्र नयाँबजारस्थित बालागुरु खेलमैदानमा बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल समेत रहेको यस पालिकामा हुने बिभिन्न किसिमका खेलकुदका गतिबिधिले पालिकाको खेल पर्यटनमा समेत सघाउ पुग्ने अपेक्षा रहेको प्रतियोगिता आयोजक समितिका सचिव महेश सापकोटाले बताए ।

प्रतियोगितामा माईजोगमाई गाउँपालिकासहित जिल्लाका सबै दश पालिकाले नै सहभागिता जनाउनेछन् । माईजोगमाई गाउँपालिका खेलकुद बिकास परिषदले आयोजना गर्ने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक भइसकेको छ । उद्घाटन खेल सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबीच हुनेछ ।

प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख २१ ह्जार १ सय ११ रुपैंयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिनेछन् । प्रतियोगिता ९ साइडमा संचालन हुनेछ । गतबर्षबाट सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणको विजेता इलाम नगरपालिका बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्