गैरकानुनी रुपमा अनलाइन गेम खेलाउने १३ जना भारतीय नागरिक पक्राउ 



बुटवल ।

गैरकानुनी रुपमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरका रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई  बुटवल प्रहरीले पक्राउ गरेको हो ।

  पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको होे ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल  १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए । १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ  ।

उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्