ओखलढुंगामा आगलागीमा परी २ जनाले ज्यान गुमाए



ओखलढुंगा ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा  आगलागीमा परेर  २ जनाको ज्यान गएको छ । केही दिन अघि देखि लागि रहेको आगो काटेर राखेको खरको थुप्रोमा लागेको र खर घाँस जोगाउने क्रममा  ५५ वर्षीय पुण्यकुमारी धमला र उनका छोरा करिब १६ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।

बाहुन डाँडा कोल पाखामा निजी खर पाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको हो ।

घटना स्थलमा नेपाल प्रहरी र शसत्र पहरीको टोली पुगेर आगो निभाउने कार्यमा सक्रियता पूर्वक लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यहि २३ गते देखि बेतिनिको बसाह बनमा लागेको आगो अनियन्त्रित भई खर घासको थुप्रोमा लागेपछि घटना घटेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सूचना अधिकारी बालिस्टार सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्