हतियारधारीले सहकारीको ८० लाख लुटे



काठमाडौँ।

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा बाटोमा रकम लुटपाट भएको प्रहरीले जनाएको छ।

महतोले जनकपुरधाम उपमहानगरपालिका–१९ मा मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन्।

घटनाका विषयमा अनुसन्धन भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्