पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव भेटियो 



काठमाडौँ। 

पोखरा महानगरपालिका – १८ खपाैदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरिको गोताखोरले निकालेको छ । पोखरा महानगरपालिका- ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४/१५ को सोनम सुवेदी आइतबार दिउँसो पौडी  खेल्ने क्रममा सो खोलामा डुबेर  बेपत्ता भएका थिए ।

 सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का वालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले हर्पन खोलाबाट   आइतबार   वालकको शव निकालेको हो । थप प्रक्रियाका लागि उनको शव नेपाल प्रहरीलाई बुझाइएको डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्