औद्योगिक जोखिम नियन्त्रणमा पूर्व तयारी र प्रतिकार्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम 



 काठमाडौँ। 

औद्योगिक क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य घटनाहरु र त्यसको प्रतिकार्यका निमित्त पूर्व तयारी गर्ने विषयमा जानकारी गराउन दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.४०  रिजर्भ गण .पिलुवा बारा र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघ जितपुरको संयुक्त आयोजनामा भएको अभिमुखीकरण  कार्यक्रमको उद्घाटन गर्दै   छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति दिपेन्द्र शाहले आफ्ना वरिपरी रहेका जोखिम पहिचान गरी त्यस्ता जोखिमहरुलाई समयमै सम्बोधन गर्न सकिए ठुला विपद्बाट जोगिन सकिने बताए।

उनले  आगलागी घटनामा प्रयोग हुने विभिन्न उपकरणहरुको सही समयमा सही प्रयोग गरेर मात्र विपद् न्यूनीकरण गर्न सकिने कुरालाई जोड दिँदै  सशस्त्र प्रहरीलाई प्राप्त कार्यदेश अनुरुप महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा गर्न हरदम तत्पर रहेको र सहयोग माग भएको खण्डमा उद्योगमा आबद्ध कर्मचारीहरुलाई  विपद् व्यवस्थापन तालिम प्राप्त स.प्र.क.हरुले विभिन्न तालिम प्रदान गर्न सकिने उनले जानकारी गराए।

त्यसै गरी कार्यक्रममा  नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तालिमको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा मधेश प्रदेशका अन्य जिल्लाहरुमा स.प्र.बल, नेपाल संग आवश्यक समन्वय गरी यस्ता प्रकृतिका तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त  गरे।

यस्तै उद्योगमा हुनु पर्ने आधारभूत सुरक्षा पुर्वाधारहरुको व्यवस्था गरेर मात्र उद्मोगहरु सञ्चालन गर्नु पर्ने कुरामा वीरगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष  हरि गौतमले जोड दिए।

कार्यक्रममा  नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघ बिरगंजका कार्यबाहक अध्यक्ष हरि गौतम, प्रसौनी उद्योग वाणिज्य संघ प्रसौनीका अध्यक्ष तुलसी गुप्तासहित विभिन्न उद्योगका उद्योगपति, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु लगायत बारा र पर्सा जिल्लाका विभिन्न उद्मोगहरुमा कार्यरत व्यवस्थापन तथा सुरक्षा अधिकृत तहका 48 जना पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

शुक्रवार  बिहान १०  बजेदेखि  शुरु  भएको उक्त कार्यक्रम आज उद्योग परिसर भित्र कृतिम विपद् सिर्जना गराई त्यसको व्यवस्थापन गर्ने विधि तथा उपायहरुबारे डेमोस्ट्रेशन अभ्यास सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिने  तालिमका  सहजकर्ता प्रणव दाहालले  बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्