पर्वतमा दम्पती हत्यामा संलग्न दुईजना पक्राउ



पर्वत ।

दम्पती हत्यामा संलग्न दुईजना पक्राउ  परेका छन्। पक्राउ पर्नेमा जलजला गा.पा. वडा नं. २- नेपानेका ३२ वर्षीय कृष्णबहादुर बिश्वकर्मा र  कुश्मा न.पा. वडा नं. २ खुर्कोट स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ८- नयाँबजार बस्ने  ३२ वर्षीय दीपक दर्जी रहेका छन्।

२०८०/१२/१९ गते रातको समयमा जलजला गा.पा., वडा नं. २, दहस्थित आफू  बस्ने २ तले पक्की घरको भुई तलाको कोठामा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी  श्रीमती ६३ वर्षीया  गमला घर्ती क्षेत्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

सोही घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको  अनुसन्धान टोली,  गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरा, जिल्ला प्रहरी कार्यालय, पर्वत र जिल्ला प्रहरी कार्यालय, म्याग्दी समेतको संयुक्त अनुसन्धान टोलिले उक्त  घटनामा संलग्न कृष्ण बहादुर बिश्वकर्मालाई  जलजला गा.पा. वडा नं. ३ बेनी र  दीपक दर्जीलाई पोखरा म.न.पा., वडा नं. ८, नयाँबजारबाट  मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई  ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्