श्रोत नखुलेको नेपाली रकमसहित एकजना नियन्त्रणमा



पर्सा ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट वैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

बि.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० वर्षीय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्