बाघको आक्रमणबाट नवलपुरमा एक युवा घाइते



 नवलपरासी ।

पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परि सोमबार स्थानीय एक युवा घाइते भएका छन् ।
घाइते हुनेमा मध्यविन्दु ५ बाघखाेर निवासी ३० वर्षीय यम नारायण महतो रहेको जिप्रका नवलपरासी पूर्वका निमित्त सूचना अधिकारी प्रहरी निरक्षक कमल परियारले बताए ।

प्रहरीका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा दिउँसो घाँस काट्दै गरेका महतोलाई बाघले अचानक आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट महताेकाे मुख र शरीरको बायाँ भागमा चाेट लागेकाे बताईएकाे छ ।

घाइते महतोलाई स्थानीय मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको र सामान्य उपचार पछि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्