वैदेशिक रोजगारमा विभिन्न देश पटाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ 



काठमाडौँ।

  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई  पारी विभिन्न देश पटाइदिन्छु  भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रुकुम पूर्व पुथा उत्तरगंगा गा.पा.वडा नं. ११ घर भई हाल काठमाण्डौं तारकेश्वर न.पा. वडा नं. १० बस्ने ३८ वर्षीया  सन्ध्या लामा  बुढा मगर र म्याग्दी मंगला गा.पा.वडा नं. ०२ घर भई हाल  ललितपुर म.न.पा. नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन रहेका छन्।

पक्राउ मध्ये सन्ध्याले स्लोभाकिया पटाइदिन्छु भन्दै पीडितबाट दुई लाख रुपैयाँ  ठगी गरेको र उदिमले यूएसए पटाइदिन्छु भन्दै अठहत्तर  लाख रुपैयाँ खुल्न आएको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय  मिनभवनबाट खटिएको टोलीले सन्ध्यालाई काठमाण्डौंको मनमैजु र  उदिमलाई  ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो।  उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्