यातायातका कर्मचारीमाथि  हातपात गर्ने केसी पक्राउ



उदयपुर ।

 उदयपुरको गाईघाट स्थित यातायात व्यवस्था सेवा कार्यालयका प्राविधिक कर्मचारीमाथि आइतबार हातपात भएको छ । हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका  कार्यालय प्रमुख गोपाल दाहालले दिएको जानकारी अनुसार सवारीको साधनको प्राविधिक पक्ष जाँच गर्ने मेकानिकल तर्फका प्राविधिक कुश्वेन्द्र कुमार यादव उपर हातपात भएको हो ।

सेवाग्राही त्रियुगा नगरपालिका ११ का सौगात केसीको ट्रकको पछाडिको भागमा स्क्रिन लगाउनु पर्ने भएको र निर्माता कम्पनिले सो नजोडेको हुनाले प्राविधिकले जाँचेर सो लगाउनु पर्ने भएकोले केसीले तत्कालै लगाई दिने व्यवस्था मिलाई दिन भनेकोमा आज नहुने भएपछि प्राविधिक कर्मचारी यादव र केसी विच सामान्य कुराकानी भएकोमा केसीले अकस्मात् हातपात गरेको कार्यालय प्रमुख दाहालले बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन चौलागाईसँग जिज्ञासा राख्दा यातायात व्यवस्था सेवा केन्द्रबाट कर्मचारीमाथि हातपात भएको ब्यहोराको पत्र प्राप्त भएकोले हातपात गर्ने केसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र निज उपर अभद्र व्यवहार अन्तर्गतको मुद्दा चलाउन आवश्यक प्रक्रिया सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्