फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिने भनी ठगी गर्ने  युवती पक्राउ



काठमाडौँ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न युवती पक्राउ परेकी छन्।पक्राउ पर्नेमा  काठमाडौँको  तारकेश्वर न.पा. वडा नं. ५ बस्ने  वर्ष २९ की सुनिता लामिछाने रहेकी छन्।

उनलाई  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको टोलीले टोलीले शुक्रबार पक्राउ गरेको हो। उनले फेसबुकमार्फत विभिन्न व्यक्तिलाई  सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी गर्ने गरेको उजुरी परेपछि  खोजतलासका क्रममा  गोकर्णेश्वर नमुना बस्तिबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

 उनलाई  थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु  पठाइएको प्रहरीले जनाएको छ।

उनले नक्कली हवाई टिकट बनाएको भन्दै हाल सम्म ८ जनाले  ठगी सम्बन्धि कसुरमा जाहेरी दिएका छन्।  यस्तै उनको नाममा  बैंकिङ कसुर सम्बन्धि मुद्दामा  ३ जनाले जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्