फिल्मकर्मी र पत्रकारलाई पुरस्कार

112
Shares

काठमाडौं ।

फिल्म निर्देशक, लेखक, गीतकार तथा साहित्यकार स्व. चेतन कार्कीको स्मृतिमा स्थापित चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापित निशा स्मृति पुरस्कार आगामी १३ गते प्रदान गरिने भएको छ।

परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले दुई दशकभन्दा बढी समयदेखि फिल्म उद्योगको संरक्षण, प्रवर्द्धन, श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले फिल्म निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पुर्‍याएको योगदानको लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

फिल्मकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी शान्तिप्रियको सम्मिलित छनौट समितिको सिफारिसमा १५ हजार रुपिया“को थैलीसहित अधिकारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गर्रिको हो।

त्यसैगरी निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले १५ वर्षदेखि फिल्म, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकीे अभिनेत्री अनु शाहलाई उनको समर्पणका लागि २० हजार रुपियाँ नगद थैलीसहित निशा स्मृति पुरस्कार, १५ वर्षभन्दा बढी समयदेखि अभिनय, मोडलिङ र गायन क्षेत्रम सक्रिय वविता ढकाललाई २० हजार नगद थैलीसहित निशा स्मृति प्रतिभा पुरस्कार र दुई दशकभन्दा बढी समयदेखि फिल्म पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति, फिल्म क्षेत्र एवं पेशाकर्मीको उत्थानमा योगदान पुर्‍याउँदै आएकी संचारकर्मी गीता अधिकारीलाई नगद १० हजार थैल सहित निशा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

उक्त पुरस्कार समाजसेवी दुर्गानाथ दाहाल, फिल्मकर्मी मोहन निरौला र अभिनेत्री पवित्रा आचार्य सम्मिलित छनौट समितिको सिफारिसमा निर्णय गरिएको हो।