बायर लेभरकुसनलाई जर्मन लिग उपाधि



लन्डन, (एजेन्सी)

बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ ।
आईतबार वेर्डर ब्रेमनमाथि ५–० को सहज जितसँगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक–एक गोल गरे ।

लेभरकुसनको २९ खेलमा २५ जित र ४ बराबरी सहित ७९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बायर्नको २९ खेलमा ६३ अंक रहेको छ । दुवै टोलीले समान ५ लिग खेल बाँकी रहेको छ । तर, बायर्नले सबै खेल जिते पनि लेभरकुसनलाई भेटाउन नसक्ने भएपछि लेभरकुसन लिग च्याम्पियन बन्यो ।

लेभरकुसन यस सिजन अपराजित रहेको छ । बायर्न म्युनिखको ११ लगातार लिग उपाधि यात्रामा पूर्णविराम पनि लागेको छ । २०११–१२ को सिजनमा बोरुसिया डर्टमुण्डले लिग जिते यता बायर्नले लगातार लिग जित्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्