जितसँगै शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए।

त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीको ३२ खेलमा ७३ अङ्क भएको छ।

त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अङ्क छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अङ्क नै छ। त्यसै गरी लुटन टाउनको ३३ खेलमा २५ अङ्क रहेको छ र रेलिगेसन जोनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्