कीर्तिमान पर्वतारोही लामाको बिदाई



काठमाडौं ।

नेपाल स्की संघले सगरमाथा आरोहरणको गर्ने लागेकी कीर्तिमानी पर्वतारोही फुन्जु लामाको सफलताको कामना गर्दै बिदाई गरेको छ ।

स्की संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच लामाको बिदाइ गरे ।

त्यस अवसरमा उनलाई स्की संघ तथा स्नोबोर्ड संघ (फिस)को झण्डा पनि हस्तान्तरण गरिएको थियो । विश्व खेलकुदमा स्की सम्बन्धी खेल सुरु भएको सय वर्ष पुगेको अवसरमा यी दुई संस्थानको झणडसहित फुन्जुले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

यसअघि पनि सगरमाथाको सफलतापूर्वक आरोह गरिसकेकी फुन्जले कीर्तिमान समयमा त्यस आरोहरणलाई पूरा गरेकी थिइन् । बिदाई कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठसँग स्की संघका पदाधिकारीसँगै को उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्