राजस्व छलीमा १० अर्ब भन्दा बढी बिगो मागसहित मुद्दा दायर



काठमाडौं ।

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल प्रालिविरुद्ध अहिलेसम्मकै ठूलो परिमाणको मागदाबी सहित मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले जनकारी दिए ।

अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ । आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सोबाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दाबी छ ।

यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्