नवलपरासी।
पवित्र तीर्थ स्थल त्रिवेणी धाममा वैदिक विश्वविद्यालय स्थापनार्थ अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमाेक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना हुने भएको छ ।श्रीमुक्तिनाथबाबाकाे सत्संकल्पमा श्री मुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयमा अभिवृद्धि गर्दै श्रीगजेन्द्रमाेक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यका साथ उक्त विराट धनधान्याचल महायज्ञ गर्न लागिएको हाे ।
गजेन्द्रमाेक्ष दिव्यधाम त्रिवेणीमा शनिवार आयोजित महायज्ञ सम्पादन सम्बन्धी विचार विमर्श विषयक गोष्ठीमा साे कुराकाे जाजकारी दिइएको थियो ।
गोष्ठीमा महायज्ञ संकल्पकर्ता अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यले नैतिक शिक्षा ह्रास भएको कारणले देव देवचुली नेपालकाे भन्न लायक अवस्था नरहेको बताउनु भयो ।
उहाँले अंग्रेजी शिक्षाकाे प्रधानताले नेपाल आमाका छाेरा,नेपाली सन्ततिहरूमा माध्यमिक देखि स्नातकोत्तर तह सम्मकै कतिपय विद्यार्थीमा नेपाली विषयमै भाषिक समस्या देखिएको विचार राख्नु भयो ।
स्वामी कमलनयनाचर्यले वैदिक विश्वविद्यालय जस्ताे शैक्षिक उन्नयनकाे संस्था निर्माणारार्थ गरिने महायज्ञमा सिंगाे राष्ट्रकै सहभागीता रहने हुँदा सबैले मन,वचन,र कर्म द्वारा यथासक्य धनधान्य सहित सहयोग गर्नु आह्वान गर्नुभएको छ ।
परामर्श गोष्ठीमा गजेन्द्रमाेक्ष धामका करपात्री स्वामी कृष्णप्रपन्नाचार्यले यज्ञ सम्पादनका लागि संस्थाका तर्फबाट मेचीकाली अभियान भई रहेकाे ५ सय उप समिति बनाउने लक्ष्य सहित करिब ३ सय उप समितिहरू गठन भइसकेको र आगामी मंसिर १ देखि २९ गते सम्म त्रिवेणीधाममा गजेन्द्रमाेक्ष नारायण विराट अष्टाचल धनधान्याचल महायज्ञ २०८३ गर्न लागिएको बताउनुभयो ।
सोही अवसरमा त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले यस स्थानमा वैदिक विश्वविद्यालय स्थापनाकाे निमित्त गरिएकाे संकल्प नै एक युगान्तकारी कदम भएको बताउदै तनाव युक्त समाजलाई तनावमुक्त वनाउन यँहा हुने वैदिक कार्यक्रमहरू उपयाेगी हुने विचार राख्नु भयो ।
लामाे समय प्राध्यापन क्षेत्रमा सक्रिय भुसालले नेपालमा झण्डै १५ विश्वविद्यालय भएर पनि कुनै पनि पूर्वीय दर्शनका पाठ्यक्रम तयार नभएको र स्वयं महेन्द्र संस्कृत विश्वविद्यालयले पनि वैदिक विधिका पाठ्यक्रम बनाएको नदेखिएको बताउनु भयो ।
गोष्ठीमा सहभागी विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले समाजमा अराजकता बढी रहेका बेला नैतिक शिक्षा र हिन्दूधर्म संस्कृतकाे रक्षार्थ महायज्ञ सकारात्मक सन्देश हुने बताउदै यज्ञकाे सफलताका लागि वडा कार्य समिति शान्ति सुव्यवस्था लगायत हरेक समन्वयात्मक भूमिकामा क्रियाशील रहने धारणा राख्नु भयो ।
सोही अवसरमा स्थानीय कृषि क्षेत्रका अध्यता देवेश मिश्रले महायज्ञ एक सत्कर्म भएकाेले याे संकल्प पुर्ण हुने धारणा राख्दै कृषिखेती प्रणालीमा देखिएको रासायनिक वस्तुकाे प्रयाेग घटाउँदै वैदिक विश्वविद्यालयमा विष मुक्त कृषि विषमुक्त समाजका लागि वैदिक कृषिकाे अवधारणालाई समेटेर लैजानु पर्ने बताउनु भयो ।
गोष्ठीमा वयोवृद्ध शिक्षाविद् सत्यदेव पाण्डेले महायज्ञकाे सम्पादनमा कुनै संशय नराख्न आग्रह गर्दै कुनै सन्तले वैदिक विश्वविद्यालय स्थापना जस्ताे लक्ष्य लिनुनै त्याे ईश्वरीय लक्ष्य हाे र त्याे पूर्ण भई छाड्ने बताउनु भयो ।
उहाँले त्रिवेणी पाैराणिक काल देखिकै स्वतःसिद्धधाम रहेकाले यहाँका शैक्षणिक प्रकाश पुञ्जलाई त्रिवेणीबासी लगायत सबै क्षेत्र मिलेर उजिल्याउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा संचरकर्मी नारायण शर्माले वैदिक विश्वविद्यालय स्थापनाकाे विराट लक्ष्य सहित हुन गईरहेकाे यज्ञमा याेग ध्यान जस्ता विषय समाविष्ट रहेकाे र जस्लाई कम्युटरलेले समेत विश्वास राख्ने हुँदा जसकाे अन्तर्राष्ट्रिय महत्व रहेकाेले यसमा सरकारकाे समेत ध्यानाकर्षण हुनु आवश्यक रहेकाे बताउनु भयो ।
विचारगाेष्ठीमा परामर्श राख्दै विन्दु पाेख्रेल काफ्लेले महायज्ञ आँफैमा विराट स्वरूपकाे हुने भएकाले सबैकाे पाएक हुने गरी खुल्ला मैदान क्षेत्रमा मण्डप बनाएर प्रत्येक श्रद्धालुलाई धार्मिक अनुष्ठानमा सरिक हुने अवसर दिईनुपर्ने विचार व्यक्त गर्नु भयो ।
विचार विमर्श गोष्ठीमा पूर्व क्याम्पस प्रमुख खगुपति न्याैपाने, भरत पाण्डे,शालिकराम तिमिल्सिना,अच्युतशरणजी,लक्ष्मी प्रसाद पाण्डे लगायतले महायज्ञ सम्पादनका सम्बन्धमा विचार एवं परामर्श राख्नु भएको थियो ।
कार्यक्रममा महायज्ञ आयाेजक संस्था अखण्डज्याेतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्टका अध्यक्ष भैरहवा निवासी व्यवसायी कृष्ण प्रसाद शर्माले महायज्ञकाे आयाेजनाबाट वर्तमान अवस्थामा नेपालका धार्मिक क्षेत्र तथा तीर्थ स्थलहरू सुरक्षित छन् कनेक्टिभिटी टुटेकाे छैन् भन्ने अन्तर्राष्ट्रिय स्तरमा सन्देश जाने बताउनु भयो ।
उहाँले महायज्ञ भारतीय पर्यटक तथा धार्मिक पर्यटनमा आउनेहरूका लागि अवसर बन्ने हुँदा समग्र त्रिवेणी क्षेत्रकै धार्मिक पर्यटन तथा विकाशका लागि महत्वपूर्ण सावितहुने अध्यक्ष शर्माले धारणा राख्नु भयो ।
साथै वहाँले विराट धनधान्याचल महायज्ञ सम्पादनमा स्थानीय क्षेत्र र समुदायकाे भूमिका अग्रणी रहने भएकाेले त्रिवेणी,नवलपरासी र समग्र राष्ट्रकै परिचयका लागि हामीसबैले आफ्ना कामहरलाई थाती राखेर पनि यस धार्मिक अनुष्ठानमा क्रियाशील रहनु पर्ने बताउनु भयो ।
महायज्ञ सम्पादन मूल समितिले तयार पारेकाे अष्टाचल धनधान्याचल महायज्ञ अवधिभरका दैनिक कार्यक्रममा याेग तथा ध्यान शिविर,मण्डप पूजन,भगवदाराधना,सामुहिक गाे तथा गण्डकी पूजन रहेका छन् ।
त्यसै गरी वेद,पुराण इतिहास,दिव्यप्रवन्ध आदि सद्ग्रन्थहरूकाे पारायण एवं महालक्ष्मी हवन,विभिन्न धर्म गुरूहरूबाट संगीतमय कथा प्रवचन,नित्य पूर्णाहुति आरती,पुष्पाञ्जली,तीर्थ-प्रसाद वितरण,भजन सन्ध्या,कथा प्रवचन र चेतनामूलक नाटक प्रदर्शनका कार्यक्रम रहनेछन् ।
अन्नदान महादान वैदिक शिक्षामा याेगदान भन्ने मुल मन्त्रबाट अभिप्रेरित महायज्ञका अन्य विशेष कार्यक्रममा विशाल धान्याचल,अष्टाचल,सनातन वैदिक धर्म महासम्मेलन,४ वेद उपनिषद,१८ पुराण,श्रीमदवाल्मीकीय रामायण, महाभारत,दिव्यप्रवन्ध, स्ताेत्रादि सत्शास्त्रहरूकाे पारायण गरिनेछन् ।











प्रतिक्रिया