शिक्षा मन्त्रालयका २० कर्मचारीलाई सोधियो स्पष्टिकरण



काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ । हिजो चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरुमा गरिएको सिट छड्केमा २० जना कर्मचारीहरु हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो । कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टिकरण सोधिसकिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालय श्रोतले बताएको छ।

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीउपर कानूनवमोजिम कारबाही गरिने व्यहोरा समेत मन्त्रालयले जनाएको छ। साथै, कार्यसम्पादनको आधारमा कर्मचारीहरूको मूल्याङ्कन गरी सोहीबमोजिम प्रोत्साहन गरिने व्यहोेरा समेत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्