बाल चित्रकला प्रतियोगिता सम्पन्न



माँ बगलामुखी सहकारी र नेप्लिज् फेसन होमको संयुक्त आयोजनामा ललितपुरको लिटल फ्लावर्स पब्लिक स्कुलमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्व, नेप्लिज् फेसन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्य, मिस नेवा ११४३ सकिना महर्जनको विशेष आतिथ्य, मिस नेवा ११४१ कृषा महर्जन र मिस नेवा ११४३ सोसियल वेल्फेर एम्बेस्डर चिफ तिमिला महर्जनको आतिथ्यतामा प्रथियोगिता सम्पन्न भएको हो।

भविष्यका लागि बचत विषयमा सम्पन्न प्रतियोगितामा इभाना चित्रकार प्रथम, जियाना नगरकोटी द्वितीय र हिमशिखा माझी तृतीय भएका छन्। त्यसै गरी साना बालबालिकाबीच सम्पन्न स्विट आर्ट चित्रकलातर्फ दिप्सन राणा प्रथम र सार्थक महर्जन द्वितीय भए।

कार्यक्रममा ४६ बालबालिका सहभागी थिए। प्रतियोगिताका विजेताहरूलाई सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, लेखा संयोजक सुवर्ण शाक्य, कोषाध्यक्ष अञ्जु तण्डुकार, नेप्लिज् फेसन होमकी अध्यक्ष हेमा मानन्धर, मिस नेवा: ११४१ कृषा महर्जन, मिस नेवा ११४३ सकिना महर्जन, सामाजिक सद्भावना दूत ११४३ तिमिला महर्जनलगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि नेप्लिज् फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बालबालिकाका लागि गरिने यस प्ररकारको कार्यक्रमले सिर्जनात्मकता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरिन्। सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत वार्षिकरूपमा नै यस प्ररकारका कार्यक्रम आयोजना गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्