‘रास्वपा सधैँ सत्तामा रहँदैन, प्रतिशोधको राजनीति नगर्नू’ : वर्षमान पुन


काठमाडौं ।

नेकपाका नेता वर्षमान पुनले राज्यका निकायलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन सरकारलाई चेतावनी दिएका छन् ।रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रको दुरुपयोगले प्रतिशोधको राजनीति बढाउने बताए ।उनले प्रहरी, प्रशासन, न्यायालय र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए ।

प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्नुले राज्यका निकायको निष्पक्षतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।पुनले लोकतन्त्रको रक्षाका लागि शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था कायम हुनुपर्ने बताए । संसद्, सरकार र न्यायालयले आ–आफ्नो जिम्मेवारी स्वतन्त्र रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका निकायको गलत काममाथि सञ्चारमाध्यम र नागरिकले खबरदारी गर्नुपर्ने बताए ।

यसैबीच, पुनले वर्तमान सरकारको कार्यसम्पादनमाथि पनि प्रश्न उठाएका छन् । किसानले समयमा मल नपाएको, राजधानीमै ग्यासका लागि लाइन बस्नुपरेको, विकास खर्च कमजोर रहेको र महँगी बढेको भन्दै उनले सरकारले जनताका समस्याको जवाफ दिनुपर्ने बताए ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।