काठमाडौं ।
बिचौलिया इनम सापकोटासँगको कनेक्सन र आर्थिक कारोबारको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ।
अदालतमा सेटिङ गर्ने गरेको आरोप लागेका सापकोटासँग सम्बन्ध र आर्थिक कारोबार देखिएपछि श्रेष्ठलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो।काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा पक्राउ परेकाहरूमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।








तपाईंको विचार लेख्नुहोस्