सह–अस्तित्वदेखि अस्तित्वको प्रश्नसम्म माण्डवी


मानिसको जीवन, सम्बन्ध र अस्तित्वसंग जोडिएका प्रश्नलाई रंगमञ्चमा प्रस्तुत गर्दै मौलिक नाटक माण्डवीको मञ्चन सुरु भएको छ। सद्भाव थिएटर–नेपालको प्रस्तुति तथा राम केएसीको लेखन–निर्देशनमा तयार भएको नाटकको पुस्तक लोकार्पणसंगै राजधानीको थिएटरमा यसको मञ्चन सुरु गरिएको हो।

नाटकको पुस्तक लोकार्पण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उप–प्राध्यापक डा. कान्छी महर्जनले माण्डवीले उठाएको सह–अस्तित्वको विषय समाज विकासका लागि महत्वपूर्ण रहेको बताइन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा प्राज्ञ जीतबहादुर देउजा ‘विजय विस्फोट’ ले भने माण्डवीलाई ज्यादै प्रयोगवादी नाटकका रूपमा टिप्पणी गरे।नाटक केवल कथाका रूपमा हेर्दा यसको गहिराइ सीमित हुने निर्माण पक्षको भनाइ छ। नाटकले मानिसले आप्mनै जीवनको गति, सम्बन्ध र अस्तित्वसँग गरिरहेको प्रश्नलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।

नाटकको सौन्दर्य यसको सरलताभित्र लुकेको जटिलतामा रहेको दाबी गरिएको छ। ‘जीवनका सामान्य देखिने क्षणहरूभित्र असाधारण प्रश्न जन्मन्छन्। माण्डवी त्यही प्रश्नहरूको रंगमञ्चीय प्रतिध्वनि हो, जहाँ समय केवल बित्दैन, मानिसभित्र बाँचिरहन्छ’ नाटकको दाबी छ। नाटकमा कलाकारहरूले प्रस्तुत गरेको अभिनयले दर्शकलाई कथाको भावभूमिस“ग जोड्ने प्रयास गरेका छ। माण्डवीको भूमिकामा रहेकी निलीमा पाण्डेको अभिनय सशक्त र प्रभावशाली देखिन्छ। सकम्बरीको भूमिकामा संस्कृति वन विशेष रूपमा प्रस्तुत भएकी छिन्। सुम्निमाको भूमिकामा रहेकी तिर्सना राईले आफ्नो अभिनयमार्फत दर्शकलाई सुम्निमाको कालखण्डीय यात्रामा डो¥याउ“छिन्। त्यस्तै, पिंजडाको भूमिकामा भीष्म राज जोशीको ऊर्जाशील अभिनय उल्लेखनीय छ। नाटकमा रूषा श्रेष्ठ, एवन राज उप्रेती, सन्तोष विष्ट, किरण चापागाईंलगायतको अभिनयले पनि प्रस्तुतिलाई जीवन्त बनाएको छ।

नाटक आगामी १४ गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुने र शनिबार दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको आयोजकले जनाएको छ।
नाटकको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ रहेको छ।