काठमाडौं ।
प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।
यसअघि मंसिर ७ गते सुनुवाइका लागि पेसी तोकिए पनि नवनियुक्त आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसक्दा सुनुवाइ स्थगित भएको थियो।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गरेका छन्। साथै, नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन्।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।








तपाईंको विचार लेख्नुहोस्