नयाँ पुस्ताका कलाकारहरू आफ्नो मेहनत, समर्पण र निरन्तर संघर्षमार्फत पहिचान बनाइरहेका छन्। यस्तै उदाउँदो प्रतिभामध्ये एक हुन् सहिष्मा खड्का। रंगमञ्च, नृत्य र अभिनय क्षेत्रमा निरन्तर सक्रिय सहिष्माले छोटो समयमा नै दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन्।
सहिष्माको कलात्मक यात्रा बाल्यकालदेखि नै सुरु भएको हो। प्रस्तुति कलाप्रतिको गहिरो रुचिले उनलाई औपचारिक रूपमा शास्त्रीय नृत्य सिक्न प्रेरित ग¥यो। उनले राष्ट्रिय नाचघरमा शास्त्रीय नृत्य प्रशिक्षण प्राप्त गरिन्। यही प्रशिक्षणले उनको आत्मविश्वास, प्रस्तुति क्षमता र कलात्मक अभिव्यक्तिलाई थप सशक्त बनायो।
उनको कलात्मक यात्रामा संगीत स्टार रियालिटी शो एउटा महत्वपूर्ण मोड बन्यो। उक्त प्रतियोगिताको सहभागिताले सहिष्मालाई दर्शकमाझ चिनाउने अवसर दियो। त्यसपछि उनले विभिन्न सांस्कृतिक तथा राष्ट्रिय कार्यक्रममा प्रस्तुति दिंदै आप्mनो प्रतिभालाई अझ निखारिन्। अभिनय क्षेत्रमा भने सहिष्माको यात्रा मण्डला थिएटरबाट सुरु भयो। उनले नेपाली रंगमञ्च तथा फिल्म क्षेत्रका चर्चित कलाकार विजय बराल र दयाहाङ राईको मार्गदर्शनमा अभिनय प्रशिक्षण लिइन्। यो प्रशिक्षणले उनलाई अभिनयको गहिरो अध्ययन, चरित्र निर्माण, भावनात्मक अभिव्यक्ति र रंगमञ्चीय अनुशासन सिकायो।
मण्डला थिएटरमा गरिएको प्रशिक्षणको अन्तिम परियोजना सिरुमारानी थियो। उक्त नाटकमा उनले सिरु पात्र निर्वाह गरिन्। सामाजिक सन्देश बोकेको यस नाटकमार्फत सहिष्माले दर्शक र प्रशिक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिन्।
रंगमञ्चपछि सहिष्माले म्युजिक भिडियोमार्फत पर्दामा आप्mनो उपस्थिति जनाइन्। कक्षा ११ मा पढ्दै गर्दा सहिस्माले टंक बुढाथोकीको एक गीतमा काम गर्ने अवसर पाइन्। नशालु आँखा बोलको उक्त गीत उनको करियरको महत्वपूर्ण परियोजनामध्ये एक बन्यो। नितिन चन्दको निर्देशनमा बनेको उक्त भिडियोमा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। भिडियोले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेसंग सहिस्माको अभिनयलाई पनि दर्शकले रुचाए। त्यसपछि उनले अंगालो , आऊ तिमी जिन्दगीमाजस्ता म्युजिक भिडियोमा अभिनय गरिन्। यी परियोजनाले उनको भावनात्मक अभिनय क्षमता र स्क्रिन उपस्थिति झन् मजबुत बनायो।
सहिष्माले फिल्म क्षेत्रमा पनि पाइला चालेकी छन्। नमेटिने घाउ नामक फिल्ममा काम गर्ने अवसर पाइन्। भूमिका सानो भए पनि आफूलाई सशक्त रूपमा प्रस्तुत गरेको उनको भनाइ छ। साथै उनले अन्य कलाकारहरूको डबिङसमेत गरेकी थिइन्। जसमा उनको आवाजको प्रशंसा भएको थियो।
हाल सहिष्मा अभिनयमै निरन्तरता दिइरहेकी छन्। कला क्षेत्रमा निरन्तर मेहनत गरिरहेकी सहिष्मा आगामी दिनमा नेपाली फिल्म क्षेत्रमै सक्रिय हुन चाहन्छिन्। जसका लागि उनले निरन्तर मेहनत गरिरहेकी छिन्। मेहनतको फलस्वरूप उनले पछिल्लो समय आधुनिक गीत जेनतेन चलिराछबाट नव कलाकारको अवार्ड समेत चुमिसकेकी छन्। आनन्द कार्कीको स्वर, विदुर खड्काको शब्द रचना र सरोज प्याकुरेलको संगीत रहेको सो गीतले संगीतप्रेमीसामु राम्रो प्रतिक्रिया पाइरहेको छ। हाल बीबीएस अध्ययनरत उनी पढाइस“गै अभिनयमा करिअर बनाउन चाहन्छिन्।











प्रतिक्रिया