बूढीगण्डकी नदीमा बन्ने पुलको आज शिलान्यास हुँदै


काठमाडौँ ।

सभामुख डीपी अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल आज गोरखा जाने भएका छन्।

उनीहरूले गोरखाको गण्डकी गाउँपालिका–शिउरेनिटार र धादिङ जोड्ने बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको पुलको दिउँसो २ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा बूढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा सरोकारवालासँग छलफलसमेत गरिनेछ।

कार्यक्रममा गण्डकी गाउँपालिकाका स्थानीयवासी तथा आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई उपस्थित हुन आग्रह गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।