अनलाइनमार्फत जुवा खेलाएको आरोपमा काठमाडौँबाट ७ जना पक्राउ



काठमाडौँ।

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँको कोटेश्वरबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय मिथलेशकुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षका आरएन शाह, २४ वर्षका अनीशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी जयसवाल, २३ वर्षका शिवमकुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी छन् ।

आरोपीहरूले ‘क्यास एप’ मार्फत जुवा खेलाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्