बक्सिङका पूर्व प्रशिक्षक गुरुङको निधन 



काठमाडौँ । 

लामो समयदेखि नेपाली बक्सिङको प्रशिक्षण सम्हालेका  प्रशिक्षक मदन कुमार गुरुङको निधन भएको छ ।

म्यानमार जाने क्रममा शनिबार बंगलादेशमा उनको निधन भएको नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी गराए । उनी  लामो समयदेखि ढाडको समस्या र मृगौलासम्बधि रोगले ग्रसित थिए । उनको जन्म ७४ वर्षअघि म्यानमार भएको थियो ।

नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुदमा पनि उनी  बक्सिङ प्रशिक्षक रहेका थिए । ३० को दशकमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह बैंककमा जाँदा गुरुङको खेलबाट प्रभावित भएपछि नेपालमा आउन निम्तो गरेका थिए । त्यसपछि नेपाल आएका गुरुंगले थुप्रै नाम चलेका नेपाली बक्सिङ खेलाडीहरु जन्माउन सफल भए । सन् १९९९ मा नेपालमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बक्सिंगमार्फत नेपालले दुई स्वर्ण जित्दा पनि गुरुङ नेपाली बक्सिङ टोलीका प्रशिक्षक थिए ।

प्रतिक्रिया दिनुहोस्