सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु



एजेन्सी।

अमेरिकाको सिकागो मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीकोे मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् ।
शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थीहरू १६ र १७ वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट भरी गोली हानेका थिए ।

मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषणा गरिएको शिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३ मा शिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्