बहराइन र दक्षिण कोरिया एशियन कपको नकआउट चरणमा



काठमाडौं। 

बहराइन र दक्षिण कोरिया जारी एशियन कपको नकआउट चरणमा पुगेका छन् ।

बिहीबार सम्पन्न समूह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेपछि समूहमा शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिए पनि समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

त्यस्तै समूहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ ।

सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शीर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

त्यसैगरी समूह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्