मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु



कैलाली ।  

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित घोडाघोडी नगरपालिका–२, साडेपानीमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बर्दगोरीया गाउँपालिका–५ का २१ वर्षीय कालु विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल ४० वर्षीय प्रदीप विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्