पीएम कपमा गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट



काठमाडौँ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश २५ रनमा अलआउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भएको हो ।

कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शुन्यमा आउट भएका थिए ।

कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८.२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो । त्यस्तै कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए ।

यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ ।

अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मुलपानी मैदानमा कर्णाली प्रदेससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्