चीनको एक स्कुलमा आगलागी हुँदा १३ जनाको मृत्यु



बेइजिङ ।

चीनको एक स्कुलमा आगलागी हुदाँ १३ बिधार्थीको मृत्यु भएको छ ।

 मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।

 चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् ।

 घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत बिधार्थी रहेको हेबेई डेलीले जनाएको छ ।

 फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन, जुन शुक्रबार राति ११ बजे सुरू भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र  विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ ।

 चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको देखाएको तस्बिरहरू प्रकाशित गरेको बताएको छ।

 करिब एक करोड जनसंख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्