आर्मीले मधेश प्रदेशलाई दियो ३२१ रनको लक्ष्य



काठमाडौँ ।

त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३२१ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको हो  ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए । भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए ।

 त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्