मावि भलिबल प्रतियोगिताको ट्रफि एड्भान्स एकेडेमीलाई



धादिङ । 

नेपाल खेलकुद महासंघ (नेकोस) धादिङले आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीले जितेको छ । नलाङ पात्ले माविलाई सोझो सेटमा पराजित गरेर उपाधिको ट्रफी जितेको हो ।

प्रतियोगीतामा नलाङ पात्ले माध्यमिक विद्यालय दोस्रो, बागेश्वरी माध्यमिक विद्यालय बैरेनी र पशुपति माध्यमिक विद्यालय तेस्रो भएको छ ।
विजयी विद्यालयहरुलाई क्रमश नगद ५० हजार, ३० हजार र साढे सात हजार तथा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।

१४ माध्यमिक विद्यालय सहभागी प्रतियाेगिता ३ दिनसम्म धादिङबेसीमा सञ्चालन भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्