सालकको खपटा ओसारपसार गरेको आरोपमा ८ लाख जरिवाना



धादिङ ।

संरक्षित जनावर सालकको खपडा (असेटोपहार) ओसारपसार गरेको आरोपमा जिल्ला अदालतले ८ लाख जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ की सरिता आलेमगरलाई ८ लाख रुपैयाँ जरिवानाको फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।

संरक्षित जनावर शालकको खपटा (अखेटोपहार) ओसारपसार सम्बन्धी मुद्दा (८)कात्तिक २३ गते जिल्ला अदालतमा दर्ता भएकोमा सोही समयदेखि थुनामा रहेकी कसुरदारलाई ३२ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न समेत फैसलामा उल्लेख गरिएको छ । मुद्दा फैसला भए लगत्तै कसुरदारले सो बापतको रकम अदालतमा दाखिला गरेपछि रिहा हुनुभएको छ । कसुरदारको घरबाट सालकको खपटा प्रहरीले बरामद गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को २६९१० अनुसार सालक पक्रने, सिकार गर्ने, खपटाको व्यापार गर्ने, ओसारपसार गर्नेलाई ५ लाख देखि १० लाख सम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुबै सजायाँ हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्