बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार



प्यूठान।

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्