लायन्स क्लबद्वारा  न्यानो कपडा र स्टेशनरी सामाग्री हस्तान्तरण



काठमाडौँ।

लायन्स क्लब अफ काठमाडौंले धादिङको बेनिघाट रोराङ-२ माङटारस्थित भुमिस्थान आधारभूत विद्यालयका विद्यार्थीहरुलाई  न्यानो कपडा तथा  स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ हाईभिज ,लायन्स क्लब अफ काठमाडौँ ग्लोबल स्टार ,लायन्स क्लब अफ काठमाडौँ स्काईभिजन र माता पिता स्नेह घरको संयुक्त आयोजनामा  एक कार्यक्रमकाबीच न्यानो कपडा तथा  स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो।

लायन्स  अन्तरास्ट्रिय डिष्ट्रिक ३२५ जी तथा हाइभिजन क्लवका अध्यक्ष प्रलाद खकुरेल र डिष्ट्रिक गभर्नर लायन दीपककृष्ण प्रजापति ,सेकेन्ड भाइस गभर्नर विधान जोशी र उत्तम कायस्थ लगायत विभिन्न तह र तप्काका लायन्स तथा स्थानीय सरोकारवालाहरुको उपस्थितिमा उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्रीहरु सहयोगार्थ हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्