अग्रज पत्रकार पोखरेलको निधन



काठमाडौं । 

अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन्।

धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबारमात्र उनको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले  जनाएको छ। स्वर्गीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनी २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका थिए।

पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए । उनी राष्ट्रिय समाचार समितिका सम्पादकसमेत भएका थिए। पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि थिए।

प्रतिक्रिया दिनुहोस्