स्रोत नखुलेको १९ लाख भन्दा बढी रकमसहित एक जना पक्राउ



मोरङ।

बिराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्