सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ, आउला त फैसला ?



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखी सुनुवाइ सुरु भएको थियो।

बुधबार बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो। सुनुवाइ सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ। आज सन्दीप पक्षका वकिलले बहस गर्नेछन्।

हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए। बिहीबार दिउँसो ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्