गाईको मासुसहित तीनजना पक्राउ



काठमाडौँ।

काभ्रेबाट गाईको मासुसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल, १ का ३४ वर्षीय मीन बहादुर तामाङ, सोही वडाका ३० वर्षीय सन्त बहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ का २७ वर्षीय अर्जुन लामा थिङ रहेका छन् ।

पाँचखाल नगरपालिका-१ स्थित घुमानेचौरमा पुस ८ गते दिउँसो गाई काटेर मासु भाग लगाइरहेका उनीहरुलाई ८५ केजी मासुसहित इलाका प्रहरी कार्यालय बनेपा र पाँचखालको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्