काजोल अभिनयको धार परिवर्तन गर्दै



काठमाडौं ।

बलिउड अभिनेत्री काजोललाई दर्शकले उनको रोमान्टिक चरित्रको कारण सम्झने गर्छन्। कुछ कुछ होता हे, बाजिगर, माई नेम इज खानजस्ता ९० का दशकका फिल्ममा उनले गरेको अभिनय सायदै दर्शकले भूल्न सक्लान्।

तर, अब भने काजोलले अभिनयको धार परिवर्तन गर्दैछिन्, त्यो पनि दर्शकले सोचेभन्दा फरक भूमिकामार्फत। अब काजोल पहिलोपटक हरर जनराको फिल्ममा देखिने भएकी छन्।

भारतीय सञ्चार माध्यम दैनिक भाष्करको अनलाइन संस्करणका अनुसार काजोलका पति अजय देवगणको ब्यानरमा बन्न लागेको फिल्म माँमार्फत हरर जनरामा डेब्यू गर्न लागेकी हुन्।

निर्देशक विशाल फुरियाको निर्देशनमा बन्न लागेको फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ र फिल्म सन् २०२४ भित्रमा फ्लोरमा जाने उल्लेख छ। यस वर्ष लस्ट स्टोरिज २ र द ट्रायलमा देखिएकी काजोलको आगामी वर्ष पनि अन्य दुई फिल्म आउने जनाइएको छ।

हाल मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारका साथ एक फिल्ममा काम गरिररहेकी काजोलले करण जोहरको फिल्म सरजमीनमा पनि काम गर्ने जनाइएको छ। उमेरले ५० छुनै लाग्दा पनि काजोलले सुन्दरता र फिटनेसलाई भने कायमै राखेकी छन्।

प्रतिक्रिया दिनुहोस्